समाचार

रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदै

२२ वैशाख, काठमाडौैँ÷ रातो मच्छिन्द्रनाथको रथयात्रा आइतबारदेखि सुरु हुँदैछ । दिउँसो ३ बजेपछि ललितपुरको टंगालबाट यात्रा सुरु गर्ने तयारी भएको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए । रातो मच्छिन्द्रनाथलाई टंगालबाट बाजासहित पुल्चोक पु¥याइने छ । त्यसपछि विधिपूर्वक पूजा गरी रथारोहण गरेपछि रथयात्रा सुरु हुनेछ । मच्छिन्द्रनाथको रथलाई लिन मीननाथको रथ पुल्चोक पुगेपछि मच्छिन्द्रनाथ र मिननाथको दुवै रथ तान्न सुरु हुने प्रचलन छ । वैशाख २५ गते स्थानीयले रथलाई पुल्चोकबाट तानेर गाबहाल पु¥याउनेछन् । गाबहाल पुगेपछि मच्छिन्द्रनाथको रथलाई अगाडि राखेर नगर परिक्रमा गराउने चलन छ । रथलाई जेठको तेस्रो हप्तासम्ममा जावलाखेल पुर्‍याइनेछ । रथ जावलाखेल पुगेको चौथो दिन भोटो देखाएर यात्रा समापन हुनेछ ।

nema
Show More

Related Articles

Back to top button