समाचार

वरिष्ठ कवि एवं गीतकार रत्नशमशेर थापाका निधन

१५ जेठ, काठमाडौैँ
बरिष्ठ कवि एवं गीतकार रत्नशमशेर थापाको ८१ बर्षको उमेरमा निधन भएको छ । काठमाडौैँको नभ्रिक अस्पतालमा उपचारका क्रममा आज उहाँको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । राजधानीको कमलपोखरीमा जन्मिनुभएका थापाका सयौँ गित तथा कविताहरु प्रकाशित भएका छन् ।
उहाँका चर्चित गितहरुमा स्वर सम्राट नारायण गोपाल, प्रेम ध्वज प्रधान, मनिक रत्न लगायतका गायकहरुले स्वर भर्नुभएको छ । रत्नशमशेरका चर्चित गितहरुमा स्वर्गकी रानी, घुम्तिमा नआउ है, ए कान्छा छिट्टैमा लगायतका रहेका छन् ।

nema
Show More

Related Articles

Back to top button