breakingसमाचार

थप ३० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ४८७ पुग्यो

९ जेठ, काठमाडौैँ
नेपालमा आज थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौं, र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।
नवलपरासीको वर्दाघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका ६ का ४५ बर्षिय पुरुष, भरतपुर महानगरपालिका –६ केसरबाघ चितवनका ७४ बर्षिय पुरुष, ७३ बषिर्एय महिला रहेका छन् । यस्तै नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका –३ र १८ का ३३,३५ बर्षिय पुरुष, १५ बर्षिय महिला रहेका छन् । यस्तै कपिलबस्तुको वाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका का २४ देखि ५३ बर्ष उमेर समूहका ८ जना पुरुष, र ८ बर्षिय बालिका रहेका छन् ।
यस्तै सर्लाही गोडैता नगरपालिका–८,९,११,१३,१४ र रामनगर बहुअर्वा गाउँपालिका ७ का २२ देखि ३९ बर्ष उमेर समूहका १३ जना पुरुष पुरुष र १८ बर्षिय सहिला सहित १४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्धारा जारी विज्ञप्तीमा उल्ल्ेख गरिएको छ । नेपालमा अहिलेसम्म ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भने ७० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

nema
Show More

Related Articles

Back to top button