समाचार

रेनुलाई जिताउन मतपत्र च्यात्नेलाई एक–एक लाख जरिवाना

चितवन । जिल्ला अदालत चितवनले रेनु दाहाललाई जिताउने नाममा मतपत्र च्यात्ने द्रोण शिवाकोटी र मधु न्यौपानेलाई जरिवाना सजाय सुनाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनका बेला भरतपुर महानगरपालिकाको मत गणनाको क्रममा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका दुई जनालाई एक–एक लाख जरिवाना गरिएको हो ।
अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मतपत्र च्यात्ने मुख्य अभियुक्तलाई सो सजाय सुनाएको हो । अदालतले गत जेठ ३० गते उनीहरुलाई दोषी ठहर गरिएकामा सोमबार सजाय सुनाएको हो ।
तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनुले हार्ने अवस्था आएपछि रेनुका दाहिने हात मानिएका द्रोण र मधुले नियोजित रुपमा मतपत्र च्यातेका थिए । तत्कालीन एमालेका उम्मेदवार देवी ज्ञवाली जित नजिक पुग्दापुग्दै मतपत्र च्यातिएको थियो ।

nema
Show More

Related Articles

Back to top button