समाचार

यातायात ब्यवसायीको मारमा सर्वसाधारण, सिन्डिकेटधारीले बन्द गरे लामो दु्रीका बस ।

२० वैशाख, काठमाडौं । सिन्डिकेट जोगाउनुपर्ने पक्षमा रहेका यातायात व्यवसायीले बिहीबार मध्यान्हबाट लामो दूरीका लागि छुट्ने बस चलाउन बन्द गरेका छन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलन अनुरुप लामो दूरीका बस सञ्चालन रोक्रिएको हो ।
महासंघले शुक्रवार सांकेतिक रुपमा देशभर सबै सार्वजनिक यातायात सेवा ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ । महासंघका एक सदस्यकाअनुसार मध्यान्हभन्दा पछि छुट्ने सवारी शुक्रवार सडकमै भेटिने भएकाले बिहिवारबाटै बसहरु रोकिएका हुन ।
नयाँबसपार्कको व्यवस्थापन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिकाअनुसार विहान १ सय २० वटा बस विभिन्न लामो गन्तब्यका लागि छुटेका छन् । लोत्सेका व्यवस्थापक पंकज मल्लले केही मितिहरुले काउन्टर बन्द गरेको र केही बन्द गर्ने तयारीमा रहेको लागेको जनाएका छन ।
मल्लले आफूहरुले समितिहरुलाई सेवा सुचारु राख्न अनुरोध गरिरहेको जानकारी दिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button