समाचार

हुम्ला एक महिनाभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिने

५ माघ, काठमाडौैँ÷ एक महिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक सडक मार्ग पुग्ने पक्का भएको हो । हुम्लालाई सडक सञ्जालसँग जोड्न नेपाली सेनाले काम गरिरहेको छ । कर्णाली करिडोर अन्तर्गत सेनाले कालीकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्मको १४५ किलोमिटर सडकको निर्माण जिम्मा पाएको हो ।
 
कर्णाली करिडोरअन्तर्गत कवाडी खोलामा बेलिब्रिज निर्माणसँगै बाजुरा र हुम्ला सडकसँग जोडिएका हुन् । पुलले जोडेको हुम्ला र बाजुरामा एक महिनाभित्र सवारी साधन समेत सञ्चालनमा ल्याउने सेनाको दाबी छ । सरकारले २०७१ मा कर्णाली करिडोरलाई विशेष परिस्थितिको सडकमा परिभाषित गर्दै निर्माणको जिम्मा सेनालाई दिएको थियो । सडक निर्माणमा दुई अर्ब ८४ करोड ११ लाख १६ हजार खर्च हुने अनुमान छ ।

nema
Show More

Related Articles

Back to top button