समाचार

प्रतिनिधिसभामा आर्थिक बर्षको राजश्व र ब्ययमाथिको सैदान्तिक छलफल आज सकिने ।

२० जेष्ठ, काठमाडौ÷प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको राजश्व र व्ययमाथिको सैद्धान्तिक छलफल आज सकिदैछ । गत बिहीवार सुरु छलफल तेस्रो दिन आज सक्ने तयारी संघीय संसद सचिवालयको छ । एक साथ सुरु छलफल राष्ट्रिय सभामा भने गत शुक्रवार नै सकिएको थियो । बिहान ११ बजेका लागि बोलाईएको प्रतिनिधिसभाको बैठकमा बोल्न बाँकी सांसदहरुले धारणा राखेपछि अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिने कार्यसूची छ ।
यसअघिका छलफलमा भाग लिदै सांसदहरुले बजेटले संघीयतालाई उपेक्षा गरेको, वाम गठबन्धनको घोषणा पत्र अनुसार आउन नसकेको, जनता झुक्याउने काम मात्र भएको भन्दै आलोचना गरेका थिए । सामाजिक सुरक्षा तर्फ सरकारले पर्याप्त रकम नछुट्याएको, सांसदका लागि घुमाउरो शैलीमा ४ करोड रुपैयाँ विनियोजन गरेको, बजेटको ७० प्रतिशत हिस्सा आफैले राखेको भन्दै सत्तापक्षकै सांसदबाट बजेटको आलोचना भएको छ ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button