समाचार

विश्वब्यापी प्रविधिको ब्यवस्थालाई समेटेर नयाँ हवाई नीति बनाउने तयारी

५ कात्तिक, काठमाडौैँ÷ सरकारले विश्वव्यापीे प्रविधिको व्यवस्थालाई समेटेर नयाँ हवाई नीति बनाउने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई यातायातको क्षेत्रमा विश्वव्यापी रुपमा ग्रहण गरिएको प्रविधि र सार्क मुलुकमा रहेको व्यवस्थालाई समटेर नयाँ नीति निर्माण गर्ने रणनिति बनाएको हो । सरकारले नयाँ नीतिको मस्यौदा तयार गर्ने प्रकृया सुरु समेत गरेको छ । त्यसका लागि विज्ञहरु सम्मेलित कार्यदल गठन भएको छ । कार्यदललाई दुई महिनाभित्र नयाँ हवाईनीतिको मस्यौदा बनाएर पेस गर्ने कार्यभार प्रदान गरिएको मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकालले जानकारी दिनुभयो । कार्यदलले दुई वटा कार्यशाला गोष्ठी आयोजना गरी सरोकारवालाबाट पनि सुझाव संकलन गर्ने छ । नेपालमा अहिले हवाईनीति २०६३ कार्यान्वयनमा रहेको छ । देशको हवाइ नितिलाई समयानुकुल परिवर्तन तथा व्यवस्थित गर्न सरकारले चासो देखाएको हो ।

nema
Show More

Related Articles

Back to top button