breakingसमाचार

कर्णाली प्रदेश एक साता पूर्ण रुपमा सील

२२ बैशाख,काठमाडौैँ
छिमेकी प्रदेशमा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश ७ दिनका लागि पूर्णरुपमा सिल गरिएको छ । प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण देखिएपछि कर्णालीका सबै नाका सिल गरिएका हुन् । आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले हालसम्म कोरोना संक्रमण नदेखिएको कर्णालीलाई सुरक्षित राख्न प्रदेश भित्रिने सबै नाकाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले यो निर्णयपछि उद्धारका नाममा भएको मान्छे ओसारपोसार पूर्ण रुपमा ठप्प हुने र निर्माण सामग्री र खाद्यान्न आयातमा पनि रोक लगाइने भएको छ । बिरामी बोकेका एम्बुलेन्सको हकमा भने नाकामा प्रवेश दिइने छ । सुर्खेत जिल्ला प्रहरी कार्यालयका अनुसार लकडाउनयता कर्णालीमा प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट १० हजार ३ सय ३२ जना व्यक्ति भित्रिएका छन् ।
यस्तै बैठकले कर्णालीका विभिन्न २७ स्थानमा चिकित्सकसहितको टोली परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा टोली परिचालन गरिने उहाँको भनाइ छ । मन्त्री रावलका अनुसार स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, द्रूत परीक्षण समेत गर्नेछ ।
परीक्षण र उपचारलाई सँगसँगै लगिने उहाँले बताउनुभयो । यस्तै प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले लकडाउनको अवधिमा पनि प्रदेशमा रहेका ठूला विकास आयोजना संचालन गर्ने निर्णय गरेको छ । मेसिन प्रयोग हुने आयोजनाको काम सूचारु गर्ने निर्णय बैठकले गरेको हो।

nema
Show More

Related Articles

Back to top button