समाचार

स्याङ्जाका महिलालाई काँग्रेस महामन्त्री कोइरालाले प्रशिक्षण दिने

स्याङ्जा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ स्याङ्जाले शनिवार आयोजना गरेको एक कार्यक्रमका लागि नेपाली कांग्रेसका महामन्त्री शंशाङ्क कोइराला स्याङ्जा जाने भएका छन् । नेपाल महिला संघको ७२ औं स्थापना दिवस एंव संस्थापक अध्यक्ष स्वर्गिय मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा महिला संघ स्याङ्जाले प्रकाशित शक्ति नाम स्मारिका विमोचन, प्रशिक्षण एंव तिज विशेष कार्यक्रमको उदघाटन गर्न महामन्त्री कोइराला भदौ १४ गते शनिवार स्याङ्जा जान लागेका हुन ।
कोइरालाले स्याङ्जामा कार्यकर्ता भेटघाट र आगामी दिनमा कांग्रेसको भुमिका बिषयमा समेत छलफल हुने बताइएको छ । नेपाल महिला संघ स्याङ्जाले प्रकाशित गरेको शक्ति नामक स्मारिकामा नेपाली राजनीतिमा नेपाली महिलाहरुले खेलेको भुमिका, जिल्लाको कस—कसले नेतृत्व गरेको थियो लगायतका बिषय र नेता तथा कार्यकर्ताहरुको लेखलाई समेटेर पुस्तक तयार पारिएको जिल्ला अध्यक्ष कल्पना तिवारीले जानकारी दिइन् । महामन्त्री कोइराला उद्घाटन गर्ने कार्यक्रमलाई सफल बनाउन सबै नेता तथा कार्यकर्ता सहभागी जनाउन नेपाली कांग्रेसका महासमिति सदस्य शिवकुमार गिरीले आग्रह गरेका छन् ।

Show More

Related Articles

Back to top button