समाचार

पिसिआर मेसिन बिग्रिँदा कोरोना परीक्षण  रोकियाे

कर्णाली प्रदेश अस्पताल–पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा जडान गरिएको कोरोना परीक्षण गर्ने पिसिआर मेसिन बिग्रिएको छ । पिसिआर मेसिन बिग्रिँदा कोरोना परीक्षण  रोकिएको हो ।

पिसिआर मेसिन बिग्रिएका कारणले करिब आठ सयदेखि हजारसम्मका परीक्षणका लागि संकलन गरिएका स्वाबहरू अहिले प्रदेश अस्पतालमा थन्किएको प्रदेशका कोरोना फोकल पर्सन डा. प्रदीप न्यौपानेले बताए ।

‘पिसिआर मेसिन यहीँ हुँदा हाम्रा ल्याबका साथीहरूले निकै छिटो परीक्षण गर्नुहुन्थ्यो,’ उनले भने, ‘अहिले पिसिआर मेसिन नहुँदा स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र भेरी अस्पताल बाँकेमा पठाउनुपर्ने बाध्यता छ ।’
बाहिर परीक्षणमा पठाउँदा चाप हुने भएका कारणले रिपाेर्ट ढिलो आउने गरेको डा. न्यौपाने जानकारी दिए ।  बिग्रिएको पिसिआर मेसिन बनाउन भारतबाट मिस्त्री ल्याउनुपर्ने भएकाले त्योभन्दा नयाँ पिसिआर मेसिन राख्न थालिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काले बताए । ‘नयाँ पिसिआर मेसिन राख्न लागिएको छ,’ उनले भने, ‘अमेरिकाबाट मेसिन खरिद गरेर ल्याउनुपर्ने भएका कारणले केही समय लागेको हो ।’
स्राेतः नयाँ पत्रिका

nema
Show More

Related Articles

Back to top button