breakingसमाचारनेपाली कांग्रेस

नेपाली काँगे्रसको महासमिति बैठक शनिवारदेखि हुने

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक मंसिर २९ गते शनिवारदेखि सुरु हुने भएको छ । देशभरका महासमिति सदस्यहरु शुक्रवारसम्म काठमाडौं आइपुग्नेछन् ।
महासमिति बैठकको उद्घाटन मंसिर २९ गते शनिबार हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
त्यही दिन साँझ राजनीतिकसहितका दस्तावेज पेश गर्ने र १ गतेबाट छलफल थाल्ने तयारी छ ।
महासमिति बैठकमा पेश गर्ने आर्थिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले पास गरेको छ भने राजनीतिक प्रतिवेदन पेश हुन बाँकी रहेको नेताहरुले बताएका छन् ।
विधान मस्यौदामाथि छलफल सकिएको छ तर, पदाधिकारी संख्या लगायतका विवादमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहबीच सहमति जुट्न बाँकी छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button