समाचार

सांसद सरिता गिरीलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन

२८ जेठ, काठमाडौैँ
समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । आज पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिनुभएको हो । पार्टीसँग सल्लाह नलिइ, संसदीय दलको निर्देशनबिना संशोधन दर्ता गराएको भन्दै उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको हो ।
 
पार्टीले सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी समेत दिएको छ । उनले संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्काे संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् । उनको सो प्रस्तावको तीव्र विरोध भइरहेको बेलामा पार्टीले भने यस्तो चेतावनी दिएको हो । मंगलबार मात्रै संविधान संशोधनसम्बन्धी विषयमा सबै समाजवादी पार्टी लगायत सबै दलले सैद्धान्तिक सहमती जनाएका थिए । तर गिरीले भने एकल रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।

nema
Show More

Related Articles

Back to top button