समाचार

कोरोना संक्रमित युवतीसँग नेपाल आएका १२५ यात्रुको पहिचान

कोरोना भाइरसको संक्रमण पुष्टि भएकी युवतीसँग कतार एयरवेजको विमानमा आएका १२५ जना यात्रुको पहिचान भएको छ । गत चैत ४ मा फ्रान्सबाट कतार ट्रान्जिट हुँदै काठमाडौं आएकी युवतीसँगै यात्रा गरेका अन्य १२५ जना यात्रुको पहिचान भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापाले जानकारी दिनुभयो ।
 
चैत ४ गते कतारबाट आएका कतार एयरवेजका तीनवटा जहाजमा ४६९ जना यात्रु सवार थिए । तीनै उडानका सबै यात्रुको विवरण उपलब्ध भइसकेको बताइएको छ । ती यात्रुका राहदानीसहितका विवरणका प्रतिलिपि नेपाल प्रहरीलाई बुझाइसकेकाले अब उनीहरुको बसोबास रहेको स्थानसम्म पुग्न सहज हुने प्रहरीले विश्वास गरेको छ ।
 
पहिचान भएका यात्रुको घर ठेगानमा स्थानीय प्रहरी युनिटलाई प्रहरीलाई परिचालन गरिएको थापाले बताउनुभयो । ती यात्रुलाई क्वारेन्टाइनमा राखेपछि बाँकी प्रक्रिया सुरु गरिने प्रहरीको भनाई छ । फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सरकारले उनीसँगै यात्रा गर्नेको खोजतलास थालेको थियो । खोजीका क्रममा बागलुङ, काभ्रेसहितका जिल्लामा केही यात्रु भेटिएका छन् ।

nema
Show More

Related Articles

Back to top button