समाचार

अख्तियार घेराउ गर्न गएका साझा पार्टीका नेताकार्यकर्ता पक्राउ

२४ माघ, काठमाडौैँ÷ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका साझा पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई जोगाउन खोजिएको विरोधमा सिटी जुलुस निकाल्न गएका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । अख्तियारले ‘शुरु गरेको राम्रो कामको स्वागत’ तथा केही नेताहरुलाई जोगाउन खोजेको भन्दै विरोध जनाउने क्रममा केही नेता पक्राउ परेको साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जानकारी दिनुभयो । पार्टीकी बाग्मती प्रदेश संयोजक समिक्षा वास्कोटासहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । साझा पार्टीले ‘एक देश दुई कानुन’ को विरोध गर्दै आज मध्यान्ह अख्तियार प्रमुखलाई गुलाबको फूल दिने कार्यक्रम बनाएका थिए । अख्तियारले सुरु गरेको कदमको साझाले स्वागत गरेको छ । बालुवाटारको सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा नामसारी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले बुधबार मात्रै १ सय ७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

nema
Show More

Related Articles

Back to top button