breakingसमाचार

प्रधानमन्त्री ओलीका सूचना प्रविधि सल्लाहकारलाई बर्खास्त गर्न काँग्रेस नेता कोइरालाको माग

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार असगर अलीलाई बर्खास्त गर्नुपर्ने माग गर्नुभएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाले प्रधानमन्त्रीका सूचना प्रबिधि सल्लाहकार असगर अलिको लगानी रहेको सिरान टेक्नोलोजीलाई कारवाही गर्न समेत माग गर्नुभएको हो ।
 
सिरान टेक्नोलोजीले काठमाडौ प्रेसको समाचार साईटबाट स्वास्थ्य सामग्री अनियमितता बारे लेखिएको समाचार हटाएको (ह्याक गरेको) थियो । यसलाई इंगित गर्दै कोइरालाले यो घटना प्रेस र अभिब्यक्ति स्बतन्त्रता हननको उच्चतम् र निकृष्ट नमूना भएको बताउनुभयो । सिरान टेक्नोलोजीले यस घटनाप्रति माफी मागीसकेको छ ।
 
अलि संलग्न रहेको कम्पनीले देशका धेरै निजी कम्पनीहरूको एप्लिकेशन बनाएको सार्बजनिक भएको प्रति कोइरालाले चिन्ता समेत ब्यक्त गर्नुभएको छ । समाचार साईट ह्याक गर्नेको हातमा २२ बटा वाणिज्य बैक र २६ बटा बित्तिय संस्थाको गेटवे हुनुले लाखौ नेपालीले आफ्नो दुख परिश्रम गरेर जम्मा गरेको अर्बौ रूपैयाको जोखिम बढाएको कोइरालाले बताउनुभयो ।

nema
Show More

Related Articles

Back to top button