समाचार

राष्ट्रियसभा बैठक जारी, विभिन्न विधेयकमाथि छलफल हुँदै

५ माघ , काठमाडौैँ÷ संघिय संसद अन्र्तगत राष्ट्रिय सभाको बैठक बसिरहेको छ । दिउसोँ एक बजेदेखि जारी बैठकमा बिभिन्न बिधेयक माथि छलफल भैरहेको छ । बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश हुने संसद सचिवालयले जनाएको छ । त्यस्तै नीति अनुसन्धान प्रतिष्ठान विधेयक र रेल्वे विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत हुने कार्यसुची रहेको छ । यस्तै गृह मन्त्री राम बहादुर थापाले अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पालेर्मो अभिसन्धि माथि छलफल र स्वीकृत गर्न प्रस्ताव गर्ने कार्यतालिका रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button