breakingसमाचारसंस्था गतिबिधी

बीपी विचार राष्ट्रिय समाजले बीपी स्मृति दिवस मनाउने, जिल्ला कार्यसमितिलाई पनि दिवस मनाउन निर्देशन

२९ असार, काठमाडौैँ÷ बीपी विचार राष्ट्रिय समाजले ३७ औैँ बीपी स्मृति दिवस भब्यताका साथ मनाउने भएको छ । हरेक बर्ष श्रावण ६ गते मनाइने स्मृति दिवस मनाउनको लागि समाजले अन्तिम तयारी गरिरहेको छ । बीपी विचार राष्ट्रिय समाजको आयोजनामा काठमाडौैँको धुम्रवराह पार्टी प्यालेस धुम्बाराहीमा श्रावण ६ गते दिउँसो १२ बजेर ३० मिनेटमा कार्यक्रम सुरु हुने समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिए ।
बीपी कोइराला, समाजवाद र वर्तमान राजनीतिक विषयमा अन्तरक्रिया कार्यक्रम समेत हुनेछ । कार्यक्रममा विभिन्न वक्ताहरुले सो विषयमा आफ्ना दृष्टिकोण प्रस्तुत गर्ने चन्दले बताए ।
साथै समाजले आफ्ना ७७ वटै जिल्ला कार्यसमितिहरुलाई बीपी स्मृति दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरि सम्पन्न गर्न निर्देशन समेत दिइसकेको महासचिव चन्दले जानकारी दिए ।

nema
Show More

Related Articles

Back to top button