समाचारविश्व

आफ्नो कारणले उडान डिले भएपछि मन्त्रीले दिइन् राजीनामा

१२ जेठ, काठमाडौं । मेक्सिकोकी वातावरणमन्त्रीले आफ्नो कारणले विमानको उडान ढिलो भएपछि शनिबार पदबाट राजीनामा दिएकी छिन् । मेक्सिकोका वातावरण तथा प्राकृतिक स्रोतमन्त्री जोसेफा गोन्जालेज ब्लान्को ओर्टिज मिनाले राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओबादरसमक्ष राजीनामा पेश गरेकी हुन् ।
राष्ट्रपति कार्यालयमा बुझाएको राजीनामा मन्त्री गोन्जारेज ब्लान्कोले शुक्रबार यात्राका क्रममा आफ्नो कारणले विमानको उडान ढिलो भएको उल्लेख गरेकी छन् । मेक्सिकोको रुपान्तरणका लागि समता र न्यायलाई महत्व दिनुपर्ने उनले उल्लेख गरेकी छन् ।
राष्ट्रपतिले ओबारले आफ्नो कारणले फ्लाइट डिले भएकोमा मन्त्रीले माफी मागेको उल्लेख गरेकी छिन् ।
मन्त्रीका कारण फ्लाइट आधा घण्टा डिले हुँदा यात्रु तथा सञ्चार माध्यमबाट आलोचना भएको थियो ।
यसअघि गत मंगलबार मेक्सिकोको सामाजिक सुरक्षा प्रतिष्ठानका प्रमुख जर्मन मार्टिनेजले पनि राजीनामा बुझाएका थिए । उनले अर्थमन्त्रीले बजेट कटौती गरिदिँदा गरीब जनताको स्वास्थ्य प्रभावित हुने भन्दै पदबाट राजीनामा दिएका हुन ।

nema
Show More

Related Articles

Back to top button