ऋषिङ गाउँपालिकाका पूर्व वडाअध्यक्ष अमरबहादुरको निधनप्रति गुरुङ र जोशी भावुक
२५ जेठ, काठमाडौैँ
तनहुँको ऋषिङ गाउँपालिकाका पूर्व वडाअध्यक्ष अमरबहादुर रानाको निधनप्रति वीपी विचार राष्ट्रिय समाजले गहिरो दुःख ब्यक्त गरेको छ । समाजका सभापति कुलबहादुर(केवी) गुरुङ तथा सहसभापति गोविन्दराज जोशीले शोक वक्तब्य जारी गदै अमरबहादुरको निधनप्रति गहिरो समवेदना ब्यक्त गर्नुभएको हो ।
नेपाली काङ्ग्रेसको सच्चा ईमानदार सिपाइ मात्र नभएर सामाजिक अभियान मा रानाको निधनले पार्टीले बफादार सिपाही गुमाएको वक्तब्यमा भनिएको छ । ऋषिङ मा म रहदा को अबस्था मा युवा को तर्फ बाट नेपाली काङ्ग्रेसको सङठनमा दिलो ज्यान दिने साहासिक ब्यक्तीको रुपमा उहाँले छाप बनाउनुभएको थियो ।नेपाली काङ्ग्रेसले उहाँ बाट धेरै काम हरुमा सहयोग पाएको थियो ।आज उहाँ नभए को अबस्था मा नेपाली काङ्ग्रेस लाई ठुलो मर्का परेको अनुभव भएको छ ।
स्वर्गीय राना को दिवंगत आत्माको चिरशान्तिको कामना गदै समस्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गदै हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौैँ—गुरुङ र जोशीद्धारा जारी वक्तब्यमा उल्लेख गरिएको छ ।
