समाचार

रातारात एटिएमबाट करोड लुट्ने पाँच चिनियाँ नागरिक सार्वजनिक

काठमाडौं– विभिन्न बैंकको एटिएम ह्याक गरी एक करोडभन्दा बढी रकम निकालेका पाँच चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
शनिबार पक्राउ परेका पाँचै जना चिनियाँ ह्याकरलाई महानगरीय प्रहरी परिसर काठमाडौंलले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए । प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् ।
पत्रकार सम्मेलनमा उनीहरुको साथबाट बरामद भएको १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी रकमसमेत प्रहरीले सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नोक्शान भएको जनाएको छ । नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप भने सुरक्षित रहेको उल्लेख गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button