breakingसमाचार

गुटबन्दीले नेता, कार्यकर्ता विभाजित भएः कांगे्रस महामन्त्री शशांक कोइराला

नेपालगञ्ज, भदौ ६ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले पार्टी बलियो हुन नसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन, बाँकेले बुधबार गरेको पत्रकार सम्मेलनमा कोइरालाले गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका हुन ।
पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने कांग्रेस झन कमजोर हुने हुने स्पष्ट पारे ।
यसैबीच, आजै नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सबैलाई मिलाएर लानुपर्ने दायित्व नेतृत्वको भएको उल्लेख गरे ।
सोहि कार्यक्रममा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कार्यकर्ताले पनि एकअर्कालाई आरोप, प्रत्यारोप गरेर हैन आफूलाई पनि सच्याउनुपर्नेमा जोड दिए ।
भेलामा बाँके काँग्रेस सभापति किरण कोइरालालगायत सहभागी कार्यकर्ताले पार्टी सङ्गठन चलायमान नभएको, गुटबन्दी बढेको, पार्टी नेतामुखी भएको, कार्यकर्तालाई काम दिन नसकेकोलगायतका गुनासा राखेका थिए ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button