समाचार

प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखिएपछि सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली बुधबार बिहान धापासी स्थित ग्राण्डी अस्पताल भर्ना भएका हुन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण भइरहेको ग्राण्डी अस्पतालका महाप्रवन्धक विकासमान श्रेष्ठले जानकारी दिए । ओलीको स्वास्थ्य अवस्थाबारे विस्तृत प्रतिवेदन आइसकेपछि मात्रै सार्वजनिक गरिने श्रेष्ठको भनाई छ ।

nema
Show More

Related Articles

Back to top button