breakingसमाचार

प्रधानमन्त्री ओली र सरकार विरुद्ध प्रतिपक्षी दलहरु एकजुट

१३ फागुन
सरकारको दुई वर्ष पुगेको दुई साता नबित्दै प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध संसद्‍मा प्रतिपक्षी दलहरू एकै स्वरमा बोल्न थालेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरू कांग्रेस, राजपा र समाजवादी पार्टीले एकै स्वरमा सरकार भ्रष्टाचारमा डुबेको भन्दै त्यसलाई अन्त्य गर्न प्रधानमन्त्रीको प्रतिबद्धता माग गरेका छन् ।
यसअघि हिजो बसेको कांग्रेस बैठकले संसद् बैठक अवरुद्ध नगर्ने निर्णय गरेको थियो ।
नेपाली काँग्रेस सांसद डा. मिनेन्द्र रिजालले सरकार र सरकारका मन्त्रीहरु नै भ्रष्टाचार प्रकरणमा मुछिएको बारे प्रधानमन्त्रीले संसदमा यथार्थ जानकारी दिनुपर्ने बताउनुभएको छ । नेता रिजालले सेक्युरिटी प्रेस खरिद प्रकरण, वालुवाटार जग्गा प्रकरण, यति होल्डिङसलाई सरकारी जग्गा भाडामा दिने निर्णय लगायतका विषयमा सरकारले विरोधीलाई मात्रै जेल जान बाध्य पार्ने र आफ्नो पार्टी र निकटकाहरुलाई जोगाउने खेलमा लागेको भन्दैँ कसैलाई काखा र कसैलाई पाखाको व्यवहार गर्न छोड्न सरकारलाई सुझाव दिनुभयो । नेता रिजालले वाइडबडी, न्यारोवडी जहाज खरिद प्रकरणदेखि संविधान संशोधनको विषयमा समेत प्रधानमन्त्रीको स्वार्थ लुकेको आरोप लगाउनुभयो । साथैँ उहाँले सरकारका कामकारवाहीबाट जनता दिग्दार र निरास भएको भन्दै यस्तो बेलामा प्रधानमन्त्री भने राजसी ठाँटमा जन्मोत्सव मनाउन र आत्मरतिमा रमाउन व्यस्त रहेको बताउनुभयो ।
नेता गगन थापाले प्रधानमन्त्रीले हेलिकप्टर चार्टर्ड गरी तामझामका साथ जन्मदिन मनाएको दृश्यले तत्कालिन राजा ज्ञानेन्द्र शाहको ‘न्यास्रो मेटाएको’ बताउनुभयो । संसद बैठकमा विशेष समय लिएर बोल्दै नेता थापाले प्रधानमन्त्रीले शक्तिको दुरुपयोग गर्दै व्यक्तिगत चाहना पूरा गरेकोमा नागरिकले व्यापक आलोचना गरेको स्मरण गराएउनुभयो । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडिओ प्रकरणबारे पनि थापाले टिप्पणी गर्नुभयो ।
 
यसैबीच समाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ दल नेकपा कमिसनबिना एक कदम अगाडि बढ्न नसक्ने बताउनुभयो । नेकपाको समाजवाद कमिसनवादबिना टिक्न सक्छ भन्ने प्रश्न गदैँ सांसद गिरीले पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव दिनुभयो । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएपछि अख्तियारले सञ्चार मन्त्रालयमा छापा मारेको खवरहरु सार्वजनिक भएको प्रसंगमा उहाँले बाँस्कोटामाथि छानबिन गर्न हो की बचाउन छापा मारेको भन्दै प्रश्न गर्नुभयो ।
 
सक्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले आफ्नो पार्टी भ्रष्टाचारको विरुद्धमा कटिबद्ध रहेको दाबी गर्नुभएको छ । उहाँले भ्रष्टाचारका घटनामा सम्बन्धित व्यक्तिले नैतिक रुपमा जिम्मेवारी लिएर पदबाट राजिनामा दिने परिपाटी स्थापित भएको उल्लेख गर्दै विगतमा पनि भ्रष्टाचारका गतिविधि हुँदा कतिपय राजनीतिक दलका माथिल्लो तहमा बसेका व्यक्तिहरुले त्यो नैतिकताको महशुस गरेका थिए कि थिएनन् भन्दै पश्न गर्नुभयो । भ्रष्टाचार मुद्दालाई हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको बताउँदै उहाँले अख्तियारले कुनै पनि भ्रष्टाचारमा मुछिएको व्यक्तिलाई उसको पद, पार्टी अथवा कुनै पृष्टभूमि नहेर्ने बताउनुभको छ । आजको बैठकबाट विभिन्न विधेयकहरु छलफलका लागि पेश हुँदैछ ।

nema
Show More

Related Articles

Back to top button