breakingसमाचारविचारवी पी विचार

बझाङमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

१२ पुस, बझाङ ।

बझाङको छविसपाथीभेरा गाउँपालिका-५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

सोमबार राति करिब ८ बजे से २ त २३४३ ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा-५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । अवस्थीका अनुसार उनीहरुको घटनास्थलमै ज्यान गएको हो ।

ट्याक्टरमा झोलुंगे पुलका सामान थिए । तर ट्याक्टर उकालो बाटोमा चढ्न नसकी पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button