विश्व

इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपतिमा निर्वाचित

जकार्ता, जेठ ७ । इन्डोनेसियामा जोको विडोडो पुनः राष्ट्रपति पदमा निर्वाचित भएका छन् । विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियाको जकार्ता शहरमा कडा सुरक्षाबीच मंगलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम घोषणा गरिएको हो ।
सत्तासिन राष्ट्रपति विडोडोले ५५ दशमलव ५ प्रतिशत मत प्राप्त गरी पुनः राष्ट्रपति पदमा विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी पूर्व सैनिक जनरल प्रबोवो सुविआन्तोले ४४ दशमवल ५ प्रतिशत मत प्राप्त गरेका थिए ।
निर्वाचन आयोगले मतगणना गरिसकेपछि मंगलबार बिहान विडोडोलाई पुनः राष्ट्रपतिमा विजय भएको घोषणा गरेको थियो ।
इन्डोनेसियाका ३४ वटा प्रान्तका १३० शहरमा मतगणना गरिएको आयोगले जनाएको छ ।
सन् २०१४ मा पनि विडोडोले ५३ दशमलव १५ प्रतिशत मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रबिवो सुबिआन्तोले ४६ दशमलव ८६ प्रतिशत प्राप्त गरेका थिए ।
विश्वको सबैभन्दा ठूलो मुसलमान बाहुल्य मुलुक इन्डोनेसियास्थित अमेरिकी राजदूतावासले उच्च सुरक्षा सतर्कताका लागि आह्वान गरेको थियो ।
जकार्तामा निर्वाचन आयोगको कार्यालयलगायत जाकार्ताभर कडा सुरक्षा व्यवस्था गरिएको छ । सुरक्षाका लागि सयौंको संख्यामा सैनिक तैनाथ गरिएको थियो ।

nema
Show More

Related Articles

Back to top button