विश्व

गृहयुद्धमा बेपत्ता भएका २० हजार बढीको मृत्यु भएको श्रीलंका सरकारको स्वीकार

७ माघ, काठमाडौैँ÷ श्रीलंकाको सरकारले गृहयुद्धमा बेपत्ता भएका २० हजार भन्दा बढी मानिसहरुको मृत्यु भएको स्वीकार गरेको छ । राष्ट्रपति गोटाबया राजापाक्षले गृहयुद्धको क्रममा बेपत्ता भएकाहरुको मृत्यु भैसकेको स्वीकार गर्नुभएको हो ।
सरकारको तर्फ बाट गृहयुद्धका बारेमा राष्ट्रपतिल औपचारिक रुपमा बोलेको यो पहिलो पटक भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । राजधानी कोलम्बोमा संयुक्त राष्ट्रसंघका दूतहरुसँगको बैठकको क्रममा राष्ट्रपति राजापाक्षले बेपत्ताहरुको मृत्यु भएको खुलासा गर्नुभएृको हो ।
राष्ट्रपति कार्यालयले हाल बेपत्ताको सूचिमा रहेकाहरुलाई मृत घोषित गरी उनीहरुको मृत्यु प्रमाणपत्र जारी गर्ने प्रक्रिया सुरु गर्ने जनाएको छ । बेपत्ता भएका मानिस आफन्तहरुले उनीहरुको अवस्था सार्वजनिक गर्न माग गर्दै आएका थिए ।
श्रीलंकामा २६ वर्षसम्म चलेको हिंसात्मक गृहयुद्धको क्रममा एक लाख मानिसको मृत्यु भएको अनुमान छ । बेपत्ता भएका भनिएका २० हजार मानिस अधिकांश तमिल समुदाय बाट रहेको बीबीसीले लेखेको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button