विश्व

आदेशमा पाकिस्तानमा ७२ वर्षपछि खुल्यो हिन्दु मन्दिर

भारत र पाकिस्तानबीच सन १९४७ मा विभाजन पश्चात पञ्जाव प्रान्तमा रहेको हिन्दु मन्दिर खोलिएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको निर्देशमा यस मन्दिरलाई पुनः खोलिएको हो। यो मन्दिर खुलेपछि त्यहाँका हिन्दु धर्मावलम्बी खुसी भएका छन्। पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोटमा ७२ वर्षपछि हिन्दु मन्दिरलाई पुन ः खोलिएको हो । सियालकोटस्थित शावाला तेजा सिंह मन्दिरलाई पाकिस्तानको स्वतन्त्रतापछि पहिलो पटक खोलिएको हो। अब यस मन्दिरमा भारतबाट देवी(देवताको मूर्ति लगिने बताइएको छ । श्रद्धालुले यो मन्दिर खुलेपछि हिन्दु रीतिरिवाजले पूजा गरेर खुसियाली मनाएका छन्। यस क्रममा मन्दिरमा पूजापाठका साथै हर(हर महादेव भन्दै जयजयकार गरेका थिए । यस मन्दिरलाई पुनः खोल्ने पहल पाकिस्तान इभ्याक्युई ट्रस्ट प्रोपर्टी बोर्डले गरेको थियो। हिन्दु सुधार सभाक अध्यक्ष अमरनाथ रन्धावा, डा. मुनावर चन्द र पण्डित काशी रामसमेत अन्य हिन्दु अगुवाहरु मन्दिर खोलिएको समारोहमा उपस्थित थिए। श्राइन सेक्रेटरी सैयद फराज अब्बासका अनुसार कयौँ वर्षदेखि हिन्दु समुदायका मानिसले यो मन्दिरलाई पुनः खोल्न माग गरिरहेका थिए। मन्दिरलाई नयाँ रुप दिनका लागि लागत अनुमान गरेपछि यसको जीर्णोद्धारको काम थालिने भएको छ। यस मन्दिरमा देवी(देवताको मूर्ति राखिनेछ। हिन्दु सुधार सभाका अध्यक्ष अमरनाथ रन्धावाले मन्दिरलाई पुनः खोल्ने निर्णयप्रति इमरान सरकारको प्रशंसा भइरहेको छ। उनले हिन्दु समुदाय यो मन्दिर खुल्ने आशमा लामो समयदेखि प्रतिक्षारत रहेको बताए । निर्माणाधीन पाकिस्तान(करतारपुर करिडोरमा रहेको सिख धर्मका संस्थापक गुरुनानकको ५५० प्रकाश पर्व (जन्मदिन) मा यो मन्दि खोलिने भएको छ । करतापुर करिडोरमा सिख श्रद्धालुका लागि निशुल्क भिसाको व्यस्था गरिने भएको छ। हालै मात्र पाकिस्तानको लाहौरमा महाराजा रणजीत सिंहको मूर्ति पनि पुनः स्थापित गरिएको छ। यस मूर्तिको अनावरण महाराजा रणजीतको १८० औँ पुण्यतिथिमा गरिने भएको छ।

nema
Show More

Related Articles

Back to top button