विश्व

पाकिस्तानसामु भारतको यस्तो प्रस्ताप

नयाँदिल्ली÷ पाकिस्तानले आतंकवादविरुद्ध गाम्भिरता देखाउन चाहेको हो भने पहिले दाउद इब्राहिमलाई आफूहरुसमक्ष बुझाउन भारतले प्रस्ताव गरेको छ । पुलवामा हमलापछि पनि पाकिस्तानले आतंकवादविरुद्ध कुनै कदम नउठाएको भन्दै भारतले यस्तो आग्रह गरेको हो ।

पाकिस्तानले यदी आतंकवादविरुद्ध कदम उठाउने हो भने दाउदलाई आफूहरुलाई सुम्पिनुपर्ने भारतले शर्त राखेको हो । दाउदको साथै सैयद सलाहुद्दीनलाई पनि भारत समक्ष सुम्पनुपर्ने भारतले पाकिस्तानसँग शर्त राखेको छ ।

उनीहरु दुबै भारतीय नागरिक रहेको तर पाकिस्तानमा उनीहरुले संरक्षण पाइरहेको भारतले जनाएको छ । सन् १९९३ मा भएको मुम्बइ बम हमलाकै कारण दाउद इब्राहिम भारतमा वान्टेड छन् । उनी भारत र अमेरिकाद्वारा अन्तर्राष्ट्रिय आतंकवादी घोषित भएका छन् ।

भारतको तर्फबाट विज्ञप्ति जारी गर्दै उनीहरुलाई भारतसँग नसुम्पिएसम्म पाकिस्तानले आतंकवादविरुद्ध कदम उठाएको पुष्टि नहुने बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button