विश्व

अमेरिकी राष्ट्रपति उत्तर कोरियाली नेताको सिंगापुरमा भेटवार्ता हुने तय

२८ बैशाख÷अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगमी जुन १२ मा सिंगापुरमा भेटवार्ता हुने भएको छ । अमेरीकी राष्ट्रपति ट्रम्ले सामाजिक सञ्जाल ट्वीटरमार्फत सो जानकारी गराउनुभएको हो । उहाँले भेटको स्थान र समय टुवीट् गर्दै सार्वजनिक गर्नुभएको छ ।
उहाँले आफूले भेटलाई विश्व शान्तिका लागि विशेष क्षण बनाउन प्रयास गर्ने उल्लेख गर्नुभएको छ । अस्ति बुधबारमात्रै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ उत्तर कोरियाली राजधानी प्योङयाङ जानुभएको थियो । त्यसक्रममा उत्तर कोरियाले तीन अमेरिकी बन्दीलाई रिहा गरेको थियो । अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ का अनुसार ट्रम्प र किमबीच हुन गइरहेको शिखर वार्ताअघि सद्भावना संकेतका रुपमा तीन अमेरिकी नागरिकलाई उत्तर कोरियाले रिहा गरेको हो । गत महिना उत्तर कोरियाली नेता किम पहिलो पटक दक्षिण कोरियाली भूमिमा पुगेर दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग शिखर वार्ता गर्दै आणविक कार्यक्रम रोक्न सहमति गर्नुभएको थियो ।

nema
Show More

Related Articles

Back to top button