breakingसमाचारविश्व

जुन संग्रहालयमा १२ हजार वर्ष पुरानो महिलाको अस्थिपन्जर थियो

काठमाडौं । ब्राजिलको २ सय बर्ष पुरानो ऐतिहासिक संग्रहालयमा भिषण आगलागी भएको छ । रियो दी जेनेरियो शहरस्थित २ सय वर्ष पुरानो ऐतिहासिक संग्रहालयमा आगलागी भएको हो ।
यो संग्रहालयमा २ करोड ऐतिहासिक सामग्री संकलित छन् । पोर्चुगलको राजपरिवारले यसै वर्ष यही संग्रहालयमा आफ्नो २०० औं वार्षिकोत्सव मनाएको थियो ।
संग्रहालयमा लोप भइसकेका डाइनोसरका अवशेषहरुका साथै १२ हजार वर्ष पुरानो एक महिलाको अस्थिपन्जरसमेत रहेको बताइएको छ ।
विश्वकै इतिहासमा दुर्लभ सामग्रीहरु रहेको यो संग्रहालयका अधिकांश सामग्री जलेर नष्ट भएका छन् ।
यसैबीच ब्राजिलका राष्ट्रपति मिचेल टेमरले आगलागीको घटनाप्रति दुःख व्यक्त गर्र्दै देशकै ऐतिहासिक संग्रहालयलमा भएको क्षतिले देशको पहिचान नष्ट भएको प्रतिक्रिया दिएका छन् । आगलागीको कारण थाहा भएको छैन । एजेन्सी

nema
Show More

Related Articles

Back to top button