विश्व

नेल्सन मण्डेला अन्तराष्ट्रिय दिवस विश्वभर मनाइदै

२ साउन, काठमाडौैँ÷ दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको सम्झनामा आज विश्वभर नेल्सन मण्डेला अन्तर्रा्ष्ट्रिय दिवस मनाईँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा मण्डेला जन्मिएको दिन पारेर हरेक वर्ष जुलाई १८ दिन दिवस मनाउने गरिएको हो । सन् २००९ को नोभेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले घोषणा गरेसँगै यो दिवस सन् २०१० देखि मनाउन थालिएको हो । मण्डेला जन्मिएको १०० वर्ष पूरा भएको छ । सन् १९१८ को जुलाई १८ मा मण्डेलाको जन्म भएको थियो । १०० वर्ष पूरा भएको अवसरमा वर्ष्दिनभर विशेष कार्यक्रम गरिएका थिए । रंगभेदी आन्दोलनको नेतृत्व गरेर अश्वेतलाई अधिकार दिलाएकोमा मण्डेलाले नोबेल शान्ती पुरस्कार पाउनुभएको थियो । रंगभेदी नीतिको विरोधमा आन्दोलन गरेका मण्डेला धेरै वर्ष जेलमा बस्नुभएको थियो ।

nema
Show More

Related Articles

Back to top button