विश्व

भारतको जम्मुकाश्मीरमा सवारी दुर्घटना÷ कम्तीमा ३४ जनाको मृत्यु

भारतको जम्मु÷कश्मीरमा सोमवार बिहान सवारी दुर्घटना हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । यात्रुले खचाखच भरिएको एउटा मिनीबस खोंचमा गएर बजारिँदा कम्तीमा पनि ३४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। दुर्घटनामा अन्य कयौँ घाइते भएका छन्। घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ। यो दर्दनाक दुर्घटना जम्मु कश्मीरको किश्तवाडमा भएको हो। सिरगवारी केशवन इलाकामा एक मिनी बस गहिरो खोचमा खसेको थियो । मिनी बसमा क्षमता भन्दा धेरै यात्री सवार थिए। दुर्घटनापछि यात्रुको चित्कार सुनिएको थियो। समाचार अनुसार जेके(१७(६७८७ नम्बरको मिनी बस पल्टिएको हो। मिनी बस यात्रुलाई लिएर केशवनबाट किश्तवाडतर्फ गइरहेको थियो। दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन। मृतकको संख्या अझै बढ्ने जनाइएको छ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button