विश्व

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाली नेताहरुको बधाई

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीले प्रचण्ड बहुमतसहित फेरि सरकार बनाउने भएपछि नेपाली नेताहरुले पनि बधाइ दिन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दहाल, प्रमुख प्रतिपक्षी नेपाली काँगे्रसका सभापति शेरवहादुर देउवा लगायतले भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका हुन । मतपरिणामको सुरूवाती रुझान आउनेबित्तिकै सबैभन्दा पहिले प्रधानमन्त्री ओलीले मोदीलाई बधाई दिएका हुन । ओलीले विशाल जितका लागि मोदीलाई बधाई दिँदै आगामी दिनमा सहकार्य अझै मजबुत र निकट हुने विश्वास व्यक्त गरेका थिए। त्यसपछि नेकपाका अध्यक्ष दाहाल, कांग्रेसका सभापति देउवा, राप्रपा अध्यक्ष कमल थापासहितले प्रचण्ड जीतका लागि मोदीलाई बधाई दिए।
नेपालका एकपछि अर्को नेताले मोदीलाई मेन्सन गरेर र नगरी सामाजिक सञ्जाल ट्वीटरबाट बधाई दिए। मोदीले आफूलाई ट्विटरमार्फत् बधाई दिने सबैलाई मेन्सन गरेर जवाफ फर्काएका छन्। ओलीसँग सहकार्य प्रधानमन्त्रीको व्यक्तिगत ट्वीटर ह्यान्डल केपी शर्मा ओलीमा मेन्सन गर्दै मोदीले सबैभन्दा पहिले न्यानो बधाइका लागि धन्यवाद भनेका छन्। त्यसपछि उनले नेपालसँगको सम्बन्ध अझै नजिक रहने विश्वास व्यक्त गरेका छन् ।
ओलीसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाले मोदी र अमित शाहलाई मेन्सन गर्दै बधाई दिएका थिए । देउवालाई पनि मोदीले जवाफ फर्काएका छन्। मोदीले देउवालाई जवाफ फर्काउँदै शुभकामनाका लागि धन्यवाद भनेका छन्। ‘भारत र नेपाल निकट छिमेकीकारूपमा विशेष सम्बन्ध राख्दै आएका छन्।

nema
Show More

Related Articles

Back to top button