विश्व

विश्वकप फुटबलमा आज तीन खेल हुँदै÷स्पेन र इरानको खेलको पर्खाइमा फुटबलप्रेमी ।

काठमाडौं, असार ६ । रुसमा जारी विश्वकप फुटबलमा बुधबार ९आज० तीनओटा खेल हुँदैछन ।
समूह ‘बी’को दोस्रो चरणको खेलमा पोर्चुगल र मोरक्को भिड्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुकी पौने ६ बजेदेखि मस्कोको लुझ्निकी रंगशालामा हुनेछ ।समूहको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग बराबरी खेल्दा मोरक्को इरानसँग पराजित भएको थियो ।
समूह ‘बी’कै अर्को खेलमा बुधबार स्पेन र इरान भिड्नेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजेदेखि काजान एरिनामा हुनेछ ।
आजै बेलुकी पौने ९ बजे सुरु हुने खेलमा समूह ‘ए’का दुई टोलीहरु उरुग्वे र साउदी अरबिया आमने सामने हुनेछन् ।
पहिलो खेलमा इजिप्टलाई हराएको उरुग्वे आज साउदी अरबयिालाई जित्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा रहेको छ ।
पहिलो खेलमा रुससँग फराकिलो हार भोगेको साउदी आज उरुग्वेलाई रोक्ने रणनीतिमा हुनेछ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button