विश्व

अमेरिकामा साइबर हमलाको खतरा रहेको भन्दै राष्ट्रिय संकटकाल घोषणा

२ जेठ, काठमाडौं । साइबर आक्रमणबाट अमेरिकी कम्प्युटरलाई जोगाउन भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर राष्ट्रिय संकट घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ ।
ट्रम्पको यस घोषणासँगै अमेरिकी कम्पनीहरुलाई विदेशी टेलिकम सेवा उपयोग गर्न प्रतिवन्ध लगाइएको छ । ट्रम्पका अनुसार विदेशी टेलिकम सेवाबाट राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने छ । राष्ट्रिय सुरक्षामा खतरा पार्ने विदेशको कुन टेलिकम सेवा हो भन्नेबारे भने ट्रम्पले खुलाउन भने चाहेनन् ।
यद्यपि विश्लषकहरुले चिनियाँ टेलिकम कम्पनी हुवावेप्रति शंका गरेका छन् । हुवावेका उत्पादनहरुलाई चीनले निगरानीका लागि प्रयोग गर्न सक्ने धेरै देशहरुले आशंका गरेका छन् ।
टेलिकम उपकरण बनाउने विश्वको सबैभन्दा ठूलो कम्पनी हो हुवावे । हुवावले भने आफूमाथि लगाइएका आरोपलाई निराधार भएको बताएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button