विश्व

भारतीय प्रधानमन्त्री मोदीद्धारा जम्मू–कश्मीर मुद्दाबारे देशबासीका नाममा संवोधन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू–कश्मीरमा अनुच्छेद ३७० हटाएको विषयमा देशबासीका नाममा सम्वोधन गदैछन् ।
विभिन्न सूत्रहरु प्रयोग गर्दै भारतीय संचारमाध्यमहरुले प्रधानमन्त्री मोदीले जनतालाई अनुच्छेद ३७० किन हटाउनु पर्यो भनेर चर्चा गर्ने बताइएको छ ।
यो विधेयक सोमबार राज्यसभा तथा मंगलबार लोकसभाबाट पारित भएको थियो ।
राष्ट्रपति रामनाथ कोविन्दले हस्ताक्षर गरेपछि यसको प्रक्रिया सुरु हुनेछ । मोदी सरकारले जम्मू–कश्मीरमा अनुच्छेद ३७० हटाउने र जम्मू–कश्मीरलाई विभाजन गरेर जम्मू–कश्मीर तथा लद्दाख बनाउने घोष्णा गरेको थियो ।
राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले बुधबार कश्मीर यात्रा गर्दै शोपियाँमा मानिसहरुसंग कुराकानी गरेका छन् ।
त्यहाँको सुरक्षा सन्तोषजनक रहेको बताइएको छ । तर पुंछ जिल्लाको बाफ्लाइज क्षेत्रमा शान्ति भंग हुने आशंकाबीच ५०० भन्दा बढी मानिसहरुलाई सरकारले पक्राउ गरेको छ ।
त्यहाँका पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला र महबुबा मुफ्तीलाई पहिलेदेखि नै गिरफ्तार गरेको छ भने राज्इमा टेलिफोन तथा इन्टरनेट सेवा बन्द छ ।
प्रधानमन्त्री मोदीले अगष्ट १५ मा पनि राष्ट्रका नाममा संवोधन गर्ने बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button