विश्व

हङकङको संसदमा चीन विरोधी र समर्थक सांसदबीच झडप÷ केही सांसदहरु घाइते

हङकङ÷ हङकङको संसदमा एक कानूनलाई लिएर सांसदबीच झडप भएको छ। मुद्दा चलाउन आरोपीलाई ुमेनल्याण्ड चाइनाु सुपुर्दगी गर्न मिल्ने गरी कानूनमा परिवर्तन गर्ने विषयमा विवाद खडा भएपछि झडप भएको हो ।
सांसदहरुबीच हात हालाहाल हुँदा केही सांसदहरु समेत घाइते भएका छन् ।
प्रस्ताव गरिएको कानूनले हङकङको स्वतन्त्रतालाई खुम्चयाउने विपक्षीहरुले बताएका छन्। यद्यपि, प्रस्तावका पक्षधरहरुले भने हत्यामा आरोपी एक कैदीलाई ताइवान सुपुर्दगी गर्न कानून संशोधन गर्न लागेको दाबी गरेका छन्।
ताइवानमा बिदा मनाउने क्रममा आफ्नी प्रेमिकाको हत्या गरि हङकङ पुगेका एक आरोपीलाई ताइवानले सुपुर्दगी गर्न आग्रह गर्दै आएको छ। तर, कानूनको अभावमा हङकङले सुपुर्दगी गर्न नसक्ने भएकाले कानूनी संशोधन गर्न लागिएको बताइएको छ।
तर, स्वतन्त्र हङकङ पक्षधर सांसदहरुले भने विधेयकको विरोध गरेपछि संसदमा तनाव उत्पन्न भएको हो।
हङकङलाई स्वतन्त्र बनाउन आन्दोलन गर्दै आएका जेम्स टोले उक्त कानून संशोधनका लागि बनेको विधेयकको छलफलको अध्यक्षता गरेका थिए। तर पछि उनलाई अध्यक्षबाट हटाइएको थियो। घाइते सांसदहरुलाई अस्पताल लगिको छ।
भिडियो

nema
Show More

Related Articles

Back to top button