विश्व

श्रीलंकामा अनुहार छोपेर पहिरन लगाउन प्रतिबन्ध

श्रीलंकामा अनुहार छोप्ने पहिरन लगाउन प्रतिबन्ध लगाइएको छ । गत साता भएको शृङ्खलाबद्ध आत्मघाती विस्फोटनमा अढाई सयभन्दा बढी व्यक्तिको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको हो । सोमवारबाट लागु गरिएको प्रतिबन्द्धमा बिशेष पहिरन उल्लेख नगरिए पनि मुस्लिम महिलाहरूको पहिरनप्रति लक्षित रहेको देखिएको छ । कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन नपाउने व्यस्था गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसिले जनाएको छ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपायहरू अपनाइएको बताउनुभएको छ ।
यसै बिच शृङ्खलाबद्ध बम आक्रमणमा संलग्न भएको आरोप लागेकाका आफन्तको पनि सुरक्षाकर्मीको कारवाहीमा परि मृत्यु भएको छ । कारवाहीको क्रममा आरोपितका पिता तथा दुई दाजुभाइको ज्यान गएको श्रीलंकाको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आरोपित अपराधि जाहरान हाशिमका आफन्तको ज्यान गएको हो । इस्लामिक समूह एनटिजे गठन गरेका हाशिम सहित अन्य दुइ जनाले इस्टरको दिन आत्मघाती बम बिस्फोठ गराएका थिए ।

nema
Show More

Related Articles

Back to top button