विश्व

कर्नाटक विधान सभा चुनावमा भाजपाले बहुमत ल्याउने संकेत ।

 
१ जेठ, काठमाडौं । भारतको कर्नाटक राज्यमा मे १२ मा भएको विधानसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याउने संकेत देखाएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार अहिले भाजपाले ११५ सिटमा अग्रता लिइरहँदा भाजपा उत्साहित भएको हो । जबकी २०१३ मा भएको विधान सभाको निर्वाचनमा उसले ४० सिट जितेको थियो ।
कांग्रेसले ६४ स्थानमा अग्रता लिएको छ । अघिल्लो चुनावमा उसले १२२ सिट जितेको थियो ।
जेडी ९एस०ले ४० सिटमा अग्रता लिएको छ । उसले २०१३ मा पनि ४० सिट नै जितेको थियो । अघिल्लो चुनावका तुलनामा धेरै सिट गुमाउनेमा अन्य दलहरु छन् । गत चुनावमा उनीहरुको २२ सिट थियो, यो पटक मात्र ३ सिटमा अग्रता छ ।
कर्नाटकको विधानसभामा बहुमतका लागि ११२ सिट चाहिन्छ ।
 

nema
Show More

Related Articles

Back to top button