विश्व

अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्धको महाअभियोगमा सहयोग गर्ने बोल्टनको आश्वासन

२२ पुष, काठमाडौैँ÷ अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रक्रिया अघि बढाउनका सहयोग गर्ने बताउनुभएको छ । बोल्टनले एक विज्ञप्ती जारी गरी आफू ट्रम्पविरुद्धको महाअभियोग छानविनका लागि सहयोग गर्न तयार रहेको बताउनुभएको हो । बोल्टन राष्ट्रपति ट्रम्पका विवादास्पद गतिविधिका बारेमा जानकार रहेको बताइएको छ । तल्लो सदनले बहुमतले महाअभियोग प्रस्ताव पारित गरेर माथिल्लो सदनमा विचाराधिन अवस्थामा रहेका बेला बोल्टनको यस्तो भनाइ सार्वजनिक भएको हो । यसअघि संसदको तल्लो सदनले महाअभियोगमा मतदान गर्नुअघि अनुसन्धानका क्रममा भने बोल्टनले ट्रम्पकै निर्देशनमा छानविनमा असहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

nema
Show More

Related Articles

Back to top button