विश्व

न्यूजिल्याण्डमा बन्दुकसम्बन्धी कानुन परिवर्तन गर्ने तयारी

७ चैत, काठमाडौं । क्राइस्टचर्चमा बन्दुकधारीको आक्रमणबाट ५० जनाको ज्यान गएपछि न्यूजिल्यान्डले बन्दुकसम्बन्धी कानुन परिवर्तन गर्ने तयारी गरेको छ ।
क्राइस्टचर्च शहरका २ मस्जिदमा गत शुक्रबार ५० जनाको ज्यान जाने गरी बन्दुकधारीले आक्रमण गरेपछि न्यूजिल्यान्डमा बन्दुक कानुनबारे बहस चलेको हो । अधिकांशले विद्यमान कानुन परिवर्तन गर्नुपर्ने मत जायर गरिरहेका छन् ।

यहीबीच, प्रधानमन्त्री जासिन्डा अरडर्नले अर्धस्वचालित हतियारमाथि प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेकी छन् । उनले अप्रिल ११ सम्ममा त्यससम्बन्धी नयाँ कानून लागू हुने अपेक्षा गरेको बीबीसीले जनाएको छ ।

यी हतियारसँग सम्बन्धित पार्टपुर्जाको साथै सबै किसिमका उच्च क्षमताका म्यागजिनमा पनि न्यूजिल्यान्डले प्रतिबन्ध लगाएको छ ।

nema
Show More

Related Articles

Back to top button