विश्व

ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा बहुमत

काठमाडौं । बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा ब्रेक्जिटको समयसीमा बढाउने पक्षमा मतदान भएको छ ।
ब्रेक्जिटलाई लिएर बेलायतको संसदमा गतिरोधलाई हटाउने प्रयास जारी रहेका बेला बहुमतले समयसीमा बढाउने प्रस्तावले बहुमत हाँसिल गरेको हो ।

संसदको यो बहुमतले बेलायती प्रधानमन्त्री टेरिजा मेलाई युरोपेली संघसँग ब्रेक्जिट प्रक्रियाको समयसीमा बढाउनका लागि समय माग्न बाध्य तुल्याउने भएको छ ।

प्रधानमन्त्री मेले जारी गतिरोध अन्त्य गर्न प्रतिपक्षी दलसँगको संवादलाई पनि अघि बढाएकी छन् ।

प्रधानमन्त्री कार्यालयले प्रतिपक्षी दल लेवर पार्टीका नेता जेरेमी कार्विनसँगको छलफललाई सकारात्मक भएको बताएको छ ।

उता प्रतिपक्षी दलका नेता कार्विनले भने आफुले आशा गरेअनुरुप प्रधानमन्त्रीलाई नपाएको बताएका छन् ।

ब्रेक्जिट प्रक्रियाको समयसीमा बढाउन लेवर पार्टीको तर्फबाट पेश गरिएको यो विधेयकलाई संसदले एकै दिनमा पारित गरेको हो ।

तर कानुन बन्नको लागि माथिल्लो सदन हाउस अफ लर्डसबाट यो विधेयक पारित हुन आवश्यक छ ।

ब्रेक्जिटको समयसीमा बढाउने बेलायती प्रस्ताव स्वीकार गर्ने या अस्वीकार गर्ने भन्ने विषय भने युरोपेली संघमै निर्भर रहेको छ ।

nema
Show More

Related Articles

Back to top button