विश्व

अमेरिकाको तल्लो सदनद्धारा राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

१ साउन÷ अमेरिकाको तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । चार महिला सांसदलाई लक्षित रंगभेदी टिप्पणी गरेका ट्रम्प बिरुद्ध खेद प्रस्ताव पारित गरिएको हो । डेमोक्र्याटिक पार्टीको बाहुल्यता रहेको तल्लो सदनले ट्रम्पको टिप्पणीलाई निन्दा गर्ने सम्बन्धी प्रस्ताव २४० मतले पारित गरेको हो । ट्रम्पकै पार्टी रिपब्लिकनका सांसदहरुले पनि प्रस्तावको पक्षमा मतदान गरेका छन । प्रस्तावको विपक्षमा १८७ मत परेको जनाइएको छ । नेतृहरु एलेक्सान्ड्रिया ओकासिओ–कोर्तेज, रशिदा तलाइब ,एयाना प्रेसली र इहान ओमार लाई लक्षित गरेर रंगभेदी ट्वीट गरेपछि ट्रम्पकोे सर्वत्र आलोचना भइरहेको छ । ट्रम्प माथि नश्लवादी र रंगभेदी भएको आरोप लागेको छ । ट्रम्पले भने आफु रंगभेदी र नश्लवादी नरहेको दाबी गरेका छन् ।

nema
Show More

Related Articles

Back to top button