विश्व

भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा कम्तिमा २९ को मृत्यु

२३ असार ,काठमाडौैँ÷ भारत उत्तर प्रदेशको आगरामा बस दुर्घटना हुँदा कम्तिमा २९ जनाको ज्यान गएको छ । यमुना एक्सप्रेसवेमा बस नालीमा खस्दा २९ जनाको मृत्युभएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन् । लखनउबाट दिल्लीका लागि छुटेको बस सोमबार बिहान अनियन्त्रित भएर नालीमा खसेको र आधा डुबेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सबै शव बाहिर निकालिएको र घाइतेलाई उपचारका लागि अस्पताल लगिएको बताइएको छ । ज्यान गुमाउनेमा, एक किशोरी र एक डेढ वर्षकी बालिका समेत रहेको बताइएको छ ।

nema
Show More

Related Articles

Back to top button