विश्व

चीनबाट फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार नाघ्यो

२८ माघ, काठमाडौैँ÷ चीनबाट फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार १६ पुगेको छ । गएको २४ घण्टामा एक सय तीन जनाको मृत्यु भएसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार १६ पुगेको समाचार संस्था सीएनएनले जनाएको छ । ज्यान गुमाउनेमध्ये एक हजार १४ जनाले चीनमा र २ जनाले चीनबाहिर ज्यान गुमाएका हुन् ।
 
यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको चीनको स्वास्थ्य विभागले जानकारी दिएको छ । भाइरसको सङ्क्रमण सुरु भएको चीनको वुहानमा मात्रै नौ सय ७४ जनाको ज्यान गएको छ भने ३१ हजार सात सय २८ जनामा सङ्क्रमण देखिएको छ । यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोली हिजो चीन पुगेको छ । अन्तराष्ट्रियस्तरका विज्ञहरुसहितको टोलीले आजदेखि उपचार, रोकथामका उपायहरुको काम थाल्ने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

nema
Show More

Related Articles

Back to top button