विश्व

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा हिन्दू बालिका अपहरणको घटनामा जाँचको आदेश

काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा दुई नाबालिक हिन्दू दिदीबहिनीको अपहरणपछि जबर्जस्ती धर्म परिवर्तनको घटनामा जाँचको लागि प्रधानमन्त्री इमरान खानले आदेश दिएका छन् । पाकिस्तानी सूचनामन्त्री फवाद चौधरीले प्रधानमन्त्रीले यो मामिलाको प्रतिवेदन बुझाउन निर्देशन दिएको बताएका हुन् ।

भारतीय विदेशमन्त्री सुषमा स्वराजले घटनाप्रति गम्भीरता देखाउँदै यसको सत्यतथ्य छानबिनका लागि माग गरेकी थिइन् ।

प्रधानमन्त्री खानले सिन्ध एवम् पञ्जाव सरकारलाई घटनाबारे संयुक्त कार्ययोजना बनाउन र यस किसिमको घटना नदोहोरिनका लागि बलियो कदम उठाउन पनि निर्देशन दिएका छन् ।

उनले पाकिस्तानका सबै मानिसहरु आफ्ना लागि निकै मूल्यवान् रहेको बताएका छन् । होलीको दिन एक हिन्दू परिवारका २ नाबालिकाको अपहरण भएको थियो । अपहरणपछि उनीहरुको जबस्र्जस्ती विवाह गराइएको थियो ।

साथै, उनीहरुको धर्म पनि परिवर्तन गराइएको थियो । यो घटना सञ्चारमाध्यममा पनि प्रकाशित भएको थियो । यसको चौतर्फी विरोध भइरहेको छ ।

nema
Show More

Related Articles

Back to top button