विश्व

सिरियामा टर्कीले आक्रमण गरेपछि सिरियामा एक लाख मानिस विस्थापित

२५ असोज, काठमाडौैँ÷ टर्कीले सिरियाको उत्तरी क्षेत्रमा आक्रमण गरेपछि सिरियाबाट एक लाख मानिस विस्थापित भएका छन् । टर्कीले कुर्द लडाकुविरुद्ध गरेको हवाई तथा स्थलगत आक्रमणबाट दर्जनौैँ सबैसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । आक्रमणमा केही कुर्द लडाकुको समेत मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । टर्कीले सिरियाको कुर्द लडाकु विरुद्ध थालेको आक्रमणको चौतर्फी आलोचना भएको छ । विभिन्न देशहरुले टर्की विरुद्ध आर्थिक प्रतिबन्द लगाउने तयारी गरेका छन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आज बस्ने बैठकमा टर्कीमाथि आर्थिक प्रतिवन्ध लगाउने विषयमा छलफल हुने भएको छ । बेलायत, फान्स, जर्मनी, बेल्जियम र पोल्याण्डको अनुरोधमा टर्की माथि प्रतिवन्ध लगाउन लागिएको हो । बेलायतले भने टर्कीमाथि आर्थिक प्रतिवन्धको पक्षमा नरहेको बताइएको छ । तर सिरियामाथि टर्कीले आक्रमण रोक्नुपर्नेमा बेलायतको जोड छ ।

nema
Show More

Related Articles

Back to top button