विश्व

उत्तर कोरियाली नेताको सौतेनी दाजुको हत्यामा संलग्न रहेको आरोप लागेकी महिला रिहा

जकार्ता,फागुन २७ । उत्तर कोरियाका नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ–नामको हत्यामा संलग्न भएको आरोप लागेकी इन्डोनेसियाली महिला रिहा भएकी छन् ।

इन्डोनेसियाली महिला सिती आइसामाथि लागेको हत्या आरोप फिर्ता लिएसँगै जेल मुक्त भएकी हुन । उनीसँगै भियतनामका डोएन थी हुओङमाथि नामको हत्यामा संलग्न भएको आरोप लागेको थियो ।

नामको अनुहारमा मलेसियाको क्वालालम्पुर विमानस्थलमा सन् २०१७ मा विषाक्त चिज छर्किएको आरोप उनीहरुमाथि लगाइएको थियो । दुवैले आरोप अस्वीकार गरेका छन् ।

नाममाथि सन् २०१७ को फेब्रुअरी १३ मा विषाक्त चिज प्रहार भएको थियो । उपचारका क्रममा उनको निधन भएको थियो । ९एजेन्सी०

nema
Show More

Related Articles

Back to top button