विश्व

फ्रान्स र इरानले आणविक सम्झौता बारे वार्ता शुरु गर्ने

इरान र विश्व शक्ति राष्ट्र बीच भएको आणविक सम्झौता बचाइराख्न फ्रान्सले सक्रियता देखाएको छ । इरानले अमेरिकी प्रतिबन्धबाट बचाउने प्रतिबद्धता पूरा गर्न दिएको समय सिमा सकिन लागेको अवस्थामा फ्रान्सले इरान र अन्तर्राष्ट्रिय साझेदारसंग नियमित छलफल गरि तनाब घटाउने प्रयास जारी राखेको हो । प्रयासकै बिच फ्रान्स र इरान आणविक सम्झौता बचाइराख्न फेरि वार्ता शुरु गर्न सहमत भएका छन । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रों र इरानी समकक्षी हसन रुहानीबीच भएको टेलिफोन कुराकानीमा यस्तो सहमति भएको बीबीसीले जनाएको छ । गत वर्ष सम्झौताबाट अलग्गिएको घोषणा पछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्ध कडा प्रतिबन्ध लगाएपछि इरानले पनि यूरेनियम सम्बद्र्धनको काम शुरु गरेको जनाएको थियो । पछिल्लो समयमा इरानले अमेरिकी जासुसी ड्रोन विमान खसाले पछि दुई देश बिचको सम्बन्ध तनाबपूर्ण रहेको छ ।

nema
Show More

Related Articles

Back to top button